भेरी अस्पताल तोडफोड, चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भेरी अस्पताल तोडफोड, चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण



बाँके – बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । कोरोना संक्रमितको भएपछि उनीहरूले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ । जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको राती मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

उनीहरूले अस्पतालको आईसीयू कक्षमा समेत तोडफोड गरेको अस्पतालले जनाएको छ ।मृतकको कुरुवा समेत रहेका मानबहादुर रावतसहितको समूहले नर्सिङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पतालले जनाएको छ।

प्रहरीले मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ ।