सभामुखले विशेषाधिकार प्रयोग गरी संसद अधिवेशन बोलाउन सक्छ: संविधानविद् - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

सभामुखले विशेषाधिकार प्रयोग गरी संसद अधिवेशन बोलाउन सक्छ: संविधानविद्



काठमाडौं- संविधानविद् टीकाराम भट्टराईले सभामुखले आफ्नो विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा बैकक आह्वान गर्न सक्ने बताएका छन् । उनले सभामुखले प्रतिनिधिसभा बैकक आह्वानका लागि लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नसक्ने बताएका छन् ।

बिहीबार सभामुखसँगको छलफलको क्रममा भट्टराईले अधिवेशन आह्वान राष्ट्रपतिले मात्रै गर्न सक्ने भए पनि सिफारिस भने सभामुखले पनि गर्न सक्ने तर्क गरेका हुन् । ‘सर्वोच्चको फैसलालाई उदृत गर्दै सम्माननीय सभामुखले राष्ट्रपतिलाई प्रतिनिधिसाको बैठक आह्वान गर्न सिफारिस गर्न सक्नुहुन्छ,’ भट्टराईले भने, ‘मन्त्रिपरिषदले मात्रै अधिवेशन आह्वान सिफारिस गर्न सक्दैन ।’

अधिवेशनको आह्वान गर्ने अधिकार भने केवल राष्ट्रपतिलाई मात्रै भएको उनको भनाइ छ । उनले सर्वोच्चको फैसला बमोजिम संसद जीवितै भएको बताए। ‘अधिवेशनमात्रै नबसेको हो सर्वोच्चको फैसला बमोजिम प्रतिनिधिसभा जीवित छ,’ भट्टराईले भने। संविधानवाद, संसदीय व्यवस्था र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखलाई पनि भएको बताउँदै भट्टराईले जेठ १५ मा बजेट ल्याउन संसद हुनै पर्ने दावी गरे ।

उनले भने, ‘प्रत्येक वर्ष जेठ १५ गते हरहालतमा बजेट प्रतिनिधिसभामा पेस गर्नुपर्छ भनिएकाले प्रतिनिधिसभा मर्दैन ।’