पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले दिए सरकारलाई चेतावनी - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले दिए सरकारलाई चेतावनी



काठमाडौं- निर्वाचन आयोगका पाँच जना पूर्वप्रमुख आयुक्तहरुले सरकारलाई चेतावनी दिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले कुनै एक पक्षलाई प्रभावमा पार्ने गरी आगामी आर्थिक वर्षको बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।

उनीहरूले निर्वाचन केन्द्रीत बजेट नल्याउन सरकारलाई चेतावनी दिएका छन् । २०७८ कात्तिक र मंसिरका लागि प्रतिनिधि सभाको निर्वाचन प्रस्ताव गरिएको भन्दै उनीहरुले कामचलाउ हैसियतमा रहेको सरकारले मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी नीति कार्यक्रम वा बजेट ल्याउन नहुने बताएका छन्।

‘२०७८ कात्तिक मंरिमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तामान कामचलाउ सरकारले आगामी आथिएक वर्षको बजेट ल्याउँदा स्वच्छ। स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किमिसका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ती जारी गर्नेमा पूर्वप्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव र कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ रहेका छन्।