पहिले संविधान बचाउन लागौँ, त्यसपछि पार्टीलाई बचाउनुपर्छ: देउवा - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

पहिले संविधान बचाउन लागौँ, त्यसपछि पार्टीलाई बचाउनुपर्छ: देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिले संविधान बचाएर मात्र पार्टी बचाउन लाग्नुपर्ने बताएका छन् । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने बिषयमा बोल्दै देउवाले अहिलेको पहिलो दायित्व संविधान बचाउनु रहेको बताए ।

पार्टीको महाधिवेशन सरसल्लाह गरेर निर्णय गर्नुपर्ने उनले बताए। उनले आफू पनि महाविधेशन गर्ने पक्षमा रहेको उल्लेख गर्दै कोरोना महामारीको यस्तो बेला कसरी गर्ने भन्दै प्रश्न गरे।

बिहीबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित भर्चुअल संवाद कार्यक्रममा देउवाले कोरोना महामारीका कारण महाधिवेशन प्रभावित भएको बताए।

देउवाले अहिलेको पहिलो दायित्व संविधान बचाउनु रहेको बताए। संविधानको रक्षाका लागि लाग्न सबैलाई आग्रह गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेको भन्दै पहिले यसका विरुद्ध लड्नुपर्ने बताएका हुन्।

‘महाधिवेशन गर्ने पक्षमा म पनि छु। कसरी गर्ने तपाईंहरू भन्नुस् न। कोभिड आइदियो त के गर्ने?’, देउवाले भने, ‘कसरी महाधिवेशन गर्ने सरसल्लाह गरौं। म तयार नै छु। तर, पहिले संविधान बचाऔं।’