कोरोनाबाट सुदूरपश्चिमका प्रदेशका पूर्वप्रमुख मल्लको निधन - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

कोरोनाबाट सुदूरपश्चिमका प्रदेशका पूर्वप्रमुख मल्लको निधन



काठमाडौं- कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।

काठमाडौंस्थित निदान अस्पतालमा उपचाररत पूर्वप्रदेश प्रमुख मल्लको कोरोना संक्रमणबाट बुधबार राति निधन भएको बताइएको छ । उपचारका क्रममै बुधबार राति ११ बजे उनको निधन भएको हो।

मुटुसम्बन्धी रोगी मल्ललाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो ।

उनी सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख हुन्। उनी पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका सदस्य पनि भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध उनी संविधान सभा निर्वाचनको समयमा कांग्रेसमा प्रवेश गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिशमा उनी प्रदेश प्रमुख भएका थिए। उनलाई ३ माघ, २०७४ मा प्रदेश प्रमुख नियुक्त गरिएको थियो। उनी १८ असोज २०७६ मा पदमुक्त भएका थिए।