एमालेका पूर्वसांसद शर्माको निधन
काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको बुधबार राति निधन बहेको बताइएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना निको भएपछि मृत्यु भएको हो । रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण उनको निधन भएको छ ।
जाजरकोटमा एमाले पार्टी स्थापना गर्नेमध्येका एक रहेका शर्माले लामो समय जिल्लाको नेतृत्व गरेका थिए । न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका थिए ।