शंकर पोखरेलले गरे प्रधानमन्त्री ओलीलाई गिरिजाप्रसाद कोइरालासँग तुलना - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

शंकर पोखरेलले गरे प्रधानमन्त्री ओलीलाई गिरिजाप्रसाद कोइरालासँग तुलना



काठमाडौं- नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् ।

उनले डेढ दशक पहिले गिरिजाप्रसादको निकै आलोचना र तिव्र विरोध हुनेगरेको स्मरण गर्दै नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन गिरिजाप्रसादको खोजि गरेजस्तै पछि के पी ओलीको खोजि हुने दाबि गरेका छन् ।

प्रधानमन्त्री ओली बिरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरु एकठाउमा उभिएको र प्रधानमन्त्रीको निकै आलोचना हुने गरेको भन्दै पोखरेलले गिरिजाप्रसाद सँग तुलना गरेका छन् ।

पोखरेलले भोलि सबै राजनीतिक समाधानका लागि ओलीको आवश्यकता पर्ने दाबि गर्दै समयमै इतिहासबाट शिक्षा लिएर सबैलाई सहि बाटोमा आउन आग्रह गरेका छन्।

मंगलबार सामाजिक संजालमा लामो स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले दलीय अनुशासन र संसदीय प्रणाली बिरुद्धको कदमले व्यवस्थालाई नै कम्जोर बनाउने भन्दै ओलीसंग एकताबद्ध हुन पार्टी पंक्तिलाई समेत आग्रह गरेका छन् ।

यस्तो छ उनको स्टाटस:

अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दसक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो ।त्यतिवेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल वन्दै गयो । मुलुक वहुआयामिक द्वन्द्वको शिकार वन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीवाटो हिड्न लागिरहेको भान भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र वाहिरका शक्तिहरु जसरी एक ठाउ उभिएका छन् त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । वरु प्रमुख नेताहरुको वढ्दो घेरावन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूती वढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र वुझिरहेका छन् । अनि यसवाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् ।

दलिय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही वाटोमा अघि वढौ ।