उपत्यकामा निषेधाज्ञा थपिने: अब तरकारी पसल समेत खोल्न नपाइने - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

उपत्यकामा निषेधाज्ञा थपिने: अब तरकारी पसल समेत खोल्न नपाइने



काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बिने भएको छ। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्।

अहिले थपिने निषेधाज्ञामा तरकारी पसल पनि खोल्न नपाइने बताइएको छ ।अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते राति सकिँदैछ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दर तीव्र बढेको छ।

निषेधाज्ञा थपबारे भोलि उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । भोलिको बैठकले निषेधाज्ञा थपसहित अन्य आदेश जारी गर्ने बताइएको छ।

आइतबार मात्रै उपत्यकामा २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा कोरोना संक्रमण देखिएको हो।