३० सांसदले हस्ताक्षर गरेको दाबी झुठो: प्रभावशाली नेताले नै गरेनन् हस्ताक्षर - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

३० सांसदले हस्ताक्षर गरेको दाबी झुठो: प्रभावशाली नेताले नै गरेनन् हस्ताक्षर



काठमाडौं- केहीबेर अगाडी नेकपा एमालेको खनाल–नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी झुठो ठहरिएको छ । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले मात्र हस्ताक्षर गरेका छन् ।

आशा गरिएका धेरैजसो सांसद नआएपछि हिजोको लागे स्थगित गरिएको हस्ताक्षर कार्यक्रममा आजपनि प्रभावशाली नेताहरू अनुपस्थित रहे । सोचेभन्दा कम सांसद आएपछि विपक्षी गठबन्धन तनावमा देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् ।

गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट आज दर्ता गर्ने दायरको तयारी गरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए ।

यी हुन् रिटमा हस्ताक्षर गर्ने सांसदहरू

१ विरोध खतिवडा, २ जीवनराम श्रेष्ठ, ३ घनश्याम भुसाल, ४ सोमप्रसाद पाण्डे, ५ कृष्णलाल महर्जन, ६ झपट रावल, ७ निरादेवि जैरू, ८ सरलाकुमारी यादव, ९ कल्याणी खड्का, १० लक्ष्मी चौधरी, ११ माधव नेपाल, १२ भीम रावल, १३ कलिला खातुन, १४ रामकुमारी झाँक्री, १५ झलनाथ खनाल, १६ पुष्पा कर्ण कायस्थ, १७ भवानीप्रसाद खापुङ, १८ यज्ञ सुनुवार, १९ सुरेन्द्र पाण्डे, २० मुकुन्द न्यौपाने, २१ मेटमणि चौधरी, २२ दीपकप्रकाश भट्ट, २३ नारायण खतिवडा

यो समुहमा प्रभावशाली नेता मानिएका गोकर्ण विष्ट र योगेश भट्टराईलगायतले हस्ताक्षर गरेका छैनन् ।