भीमार्जुन आचार्यले भने: ओलीबाट गम्भीर खतरा देखियो, होसियार बनौँ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

भीमार्जुन आचार्यले भने: ओलीबाट गम्भीर खतरा देखियो, होसियार बनौँ



काठमाडौं- संविधानविद् भीमार्जुन आचार्यले वक्तव्य निकालेरै सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश देशका लागि अत्यन्तै घातक भएको बताएका छन् । उनले अध्यादेशप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

उनले सोमबार बिहान वक्तव्य जातरी गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखिएको भन्दै चिन्ता जनाएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मिलेर देशलाई फिजीको नियतिमा पुर्याउन खोजेको उनको आरोप छ । उनले एउटा नेताभन्दा देश ठूलो भएको भन्दै होसियार रहन समेत आग्रह गरेका छन् ।

उनले सोमबार बिहान जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले विरोध गर्यौँ। उनको गुट र कार्यकर्ताहरू हाम्राविरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्‍याउने नागरिकता अध्यादेश जारी गरे। जसको विरोध पहिले उनी आफैंले गरेका थिए। भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउलान्। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेताभन्दा देश ठूलो हो। होसियार हौं। त्यो तत्त्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ। त्यसलाई सफल हुन नदिऊँ।’