जसपामा उपेन्द्र र महन्थबीच कारबाहीको होडबाजी - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

जसपामा उपेन्द्र र महन्थबीच कारबाहीको होडबाजी



काठमाडौं- उपेन्द्र पक्ष र महन्थ पक्षबीचसमाजवादी पार्टीमा उपेन्द्र पक्ष र महन्थ पक्षबीच तनावको स्थिति बनेको छ । आइतबार बसेको महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । हिजो मात्रै उपेन्द्र पक्षले महन्थलगायतका नेतालाई कारबाही अगाडी बढाएका थिए ।

ठाकुर पक्षको बैठकले पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थौक्र पक्षका एक नेताले बताएका छन्।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

​अध्यक्ष ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । तर हिजो उपेन्द्र यादव पक्षको बैठक बसि नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आज ठाकुरले पनि बैठक बसाएका हुन् ।

कार्यकारिणी समितिको बैठक अझै जारी छ ।