नेपाल समूहका यी सांसद हस्ताक्षरमा उपस्थित - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

नेपाल समूहका यी सांसद हस्ताक्षरमा उपस्थित



काठमाडौं– एमालेको माधव नेपाल समुहले हस्ताक्षर संकलन शुरु गरेको छ। एमालेको माधवकुमार नेपाल पक्षले पनि हस्ताक्षर संकलन गरिरहेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका नेताहरुले हस्ताक्षर गरिरहेका हुन्।

एमालेका नेताहरु बानेश्वरमा आउने र हस्ताक्षर गर्ने क्रम जारी छ। अहिले हस्ताक्षर कार्यक्रममा सांसदहरु जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरा देवी जैरु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, माधवकुमार नेपाल, भीमबहादुर रावल, कलिला खातुन, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, झलनाथ खनाल, भवानीप्रसाद खापुङ पुहेका छन् ।

नेपाल समुहका योगेश भट्टराई तथा गोकर्ण विष्ट भने हस्ताक्षर स्थलमा आएका छैनन्।

एमालेका नेताहरुले ३० जनाले हस्ताक्षर गर्ने दाबी गरेका छन्। तर शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा एमालेको यो पक्षका २६ जनाले हस्ताक्षर गरेको बताइएको थियो।