विष्णु पौडेललाई आफ्नै क्षेत्रमा तनाव: स्थानीयले भत्काइदिए मञ्च
बुटवल- आफ्नै क्षेत्रको कार्यक्रममा पुगेका अर्थमन्त्री विष्णु पौडेल आफ्नै कार्यकर्ता र स्थानीयबाट अपहेलित भएका छन् । स्थानीयहरूले कार्यक्रम स्थलमै विरोधमा उत्रिएपछि तनावको अवस्था बनेको छ ।
रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले अवरोध गरेका हुन् ।
स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।
स्थानीयले सम्मानजनक स्थानान्तरणको माग गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले कार्यक्रमको लागि तयार गरिएको मञ्चसमेत भत्काइदिएका थिए ।
शुक्रबार कडा सुरक्षाकाबीच मञ्च निर्माण गरिए पनि पनि स्थानीयले भने विरोध जारी राखेका छन् ।