प्रधानमन्त्री ओली चिडियाखानामा - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

प्रधानमन्त्री ओली चिडियाखानामा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सदर चिडियाखाना पुगेका छन् ।

बुधबार दिउँसो प्रधानमन्त्री ओली ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका हुन् ।

चिडियाखानाभित्र ओलीले जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरिरहेका छन् ।

प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली चढेको फोटो सार्वजनिक भएको छ ।