भिम रावलले बताए ओलीले सुरक्षा खतरा बताउनुका तीन कारण
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा रहेको बताएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । ओलीले असुरक्षाको भाषण गरेपछि त्यसको पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जालमा बहस समेत भैरहेको छ ।
यस्तै नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीले आफूलाई सुरक्षा खतरा भएको भनेर आफ्नो अयोग्यता प्रस्तुत गरेको बताएका छन् ।
ओलीले आफूमाथि हमला हुने संकेत गर्दै असुरक्षित रहेको भनेपछि रावलले सम्भावित कारणहरु उल्लेख गरेका छन् ।
प्रम केपीले आफुलाई सुरक्षा खतरा भन्नुका सम्भावित कारण भन्दै रावलले ट्वीटरमा लेखेका छन् , ‘अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रम नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने, अरू कसैमाथि हमला गराउन वातावरण बनाउने ।’ उनले यी कारणहरुले प्रधानमन्त्रीको अयोग्यता र गैरजिम्मेवारपन देखाएको पनि भनेका छन् ।