विप्लव समुहसँग वार्ता गर्न बादललाई जिम्मा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

विप्लव समुहसँग वार्ता गर्न बादललाई जिम्मा



काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

थापाको नेतृत्वमा चन्द समूहसँग वार्ताका लागि टोली गठन गरिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना मन्त्रालय स्रोतले बताएको छ ।

समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’