डा. भट्टराईको ट्युमर छिटो अप्रेशन नगरे खतरा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

डा. भट्टराईको ट्युमर छिटो अप्रेशन नगरे खतरा



काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकले भट्टराईलाई क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन् ।

भट्टराईका सहयोगीको रुपमा दिल्लीमै रहेका विश्वदीप पाण्डेका अनुसार ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरासमेत चिकित्सकले बताएका छन् ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको छ । डा. प्रोफेसर विक्रम भाटियासँग उनले परामर्श लिइरहेका छन् । भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कँदै छन् ।