फेरि दुई तिहाई ल्याएर देखाईन्छ: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

फेरि दुई तिहाई ल्याएर देखाईन्छ: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड जनताबाट आफूले फेरी दुई तिहाई ल्याएर प्रधानमन्त्री बन्ने बताएका छन् । उनले विभाजीत नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन समेत चुनौती दिएका छन् ।

शनिबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो। अब प्रधानमन्त्री केपी ओली छ। उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ। तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न,’ उनले भने,‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्। हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ।’

उनले अहिले आफ्ना बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको समेत बताए। लामो सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र तलमाथि हुन नदिने ओलीको दाबी छ।

सम्बोधनका क्रममा उनले सरकारले गरेका विकास निर्माणका कामको बारेमा विशेष चर्चा गरेका थिए।