जबज हामीसँग छ, ओलीले हस्ताक्षर गरेरै छोडिसके: प्रचण्ड
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरेका छन् ।
नेकपा सम्बद्ध शिक्षकहरूको शनिबार ललितपुरको जावलाखेलमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता गर्दा केपी ओलीले जनताको बहुदलीय जनवाद र एमाले विघटन गर्ने पहिलो हस्ताक्षर गरेको बताएका हुन् ।
ओली कम्युनिष्ट आन्दोलन सक्नेतर्फ लागेको आरोप लगाउँदै उनले आफू र माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अहिलेसम्म लिएर हिँडेको दाबी गरे । प्रचण्डले प्रधानमन्त्री ओलीले आलोपालो सरकारको नेतृत्व र कुनै सहमति कार्यान्वयन नगरेको आरोप लगाए ।
उनले भने, ‘निर्णय भएपछि लागु नगर्ने, आलोपालो अध्यक्षता र प्रधानमन्त्री पनि लागु नगर्ने, राजनीतिक प्रतिवेदनका कुनैपनि आँफैले हस्ताक्षर गरेको पनि कार्यान्वयन नगर्ने, अझ म नै एक्लै ‘आई एम द स्टेट’ भन्याजस्तो, श्री ३ महाराजजस्तो, अस्ति त तपाईँहरुले देखिहाल्नुभयो, श्री ३ महाराज र श्री ५ महाराजलाई जस्तै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ भनेर बोल्ने, हिजो पञ्चायतका वरिपरिका मान्छेहरु त तपाईँहरुले देखिहाल्नुभयो ।
प्रचण्डले ओलीसँग फुटाउ र शासन गर भन्ने मात्रै नीति रहेको पनि टिप्पणी गरे ।
ओलीलाई शकुनीको भूमिका खुब मन प्रचण्डको टिप्पणी छ । ‘उनले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढे क्यारे, महाभारत र चाणक्य नीति पढ्या छ, अनि सकुनीको भूमिका खुब मन पर्दो रहेछ उनलाई, सकुनी सबभन्दा राम्रो पात्र उनको लागि, अहिले उनी सकुनीको भूमिकामा छन् हेर्नुहोस्,’ उनले भने ।