रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने



काठमाडौँ- नेकपा ओली समुहकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने भएकी छन् । उनले नेकपा दाहाल-नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध अदालत जाने बताएकी हुन् ।

नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनले अदालत गैर न्याय खोज्ने बताएकी छन् । कोमल वली अहिले गृहजिल्ला दाङमा छिन । उनले काठमाडौं आए लगत्तै अदालत जाने तयारी गरेको बुझिएको छ ।

नेता पन्तले निच अभिव्यक्ति दिएको पनि भन्दै वलीले उनले आपत्ति ब्यक्त गरेकी छन् ।

नेता पन्तले एक कार्यक्रममा कोमल वलीले सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको बताएपछि पन्त विवादमा परेका छन् । अहिले नेता पन्तविरुद्ध सामाजिक संजाल तातेको छ ।

वलीले पन्तले आफूमाथि मात्र नभएर सफलता प्राप्त महिलाका विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएकी छन् ।

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए ।
नेता पन्तको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् ।