नेकपालाई बोकेर हिँड्न सकिन्न: शेखर कोइराला - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेकपालाई बोकेर हिँड्न सकिन्न: शेखर कोइराला



काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिड्न नसुहाउने बताएका छन्।

‘जनताले हामीलाई ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएका छन,’ उनले भने, ‘सिंगो पार्टी पंक्ति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको बिकल्प छैन।’

डा कोइरालाले नेकपा अझै बिभाजन भैनसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। ‘अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न,’ उनले भने।

नेपाल निजामती कर्मचारी युनियन संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै डा कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीलाई दु:ख नदिन सरकारलाई चेतावनी दिए।