प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे वामदेव - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

प्रचण्डलाई भेटेलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे वामदेव



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार दिउँसो वामदेव बालुवाटार पुगेको स्रोतले जानकारी दियो। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन्।

यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए।

पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष वामदेव कुनै समूहमा लागेका थिएनन्। उनले बरू पार्टी एकताको अभियान थालेका थिए।