प्रधानमन्त्री ओलीले राजीनामा दिनेबारे परामर्श गर्दै - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

प्रधानमन्त्री ओलीले राजीनामा दिनेबारे परामर्श गर्दै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श भइरहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले मुलुकलाई अन्यौलमा नराख्ने बताए हुन।

‘प्रधानमन्त्रीको राजीनामाबारे दलहरुसँग परामर्शमा छौँ, मुलुक अन्यौलमा राख्नु हुँदैन भन्ने हो’, ज्ञवालीले भने।

स्थायी समितको बैठकले सर्वोच्चको फैसला र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको उनले बताए। सरकारले अदालतले तोकेको मिति भित्रै प्रतिनिधि सभा बैठकको आह्वान गर्ने उनले बताए।

उनले सर्वोच्चको फैसला अनेपक्षित भए पनि त्यसको सम्मान र कार्यान्वय गर्ने बताए। उनले फैसलाले अस्थिरता र असैद्धान्तिक गठबन्धनको निर्माण हुने हुन कि भन्ने चिन्ता बढाएको बताए।

‘सर्वोच्च अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्छौँ’, प्रवक्ता ज्ञवालीले भने, ‘तर, यसपछि मुलकमा अस्थिरतातर्फ जान्छ कि भन्ने चिन्ता छ।’