सकियो ओली पक्षको बैठक: यस्तो भयो निर्णय
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ ।
संसद पुनःस्थापना भएपछि राजिनामा दिन चौतर्फी दवावमा परेका प्रधानमन्त्री ओलीले समसामयिक बिषयमा छल्फल गर्न आफू निकट स्थायी कमिटी सदस्यलाई बोलाएका थिए ।
बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने बताए । सर्वोच्च अदालतले मंगलबार फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।