विगतबाट पाठ सिकौँ, संयमित बनेर परिपक्क निर्णय गरौँ: गोकर्ण विष्ट - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

विगतबाट पाठ सिकौँ, संयमित बनेर परिपक्क निर्णय गरौँ: गोकर्ण विष्ट



काठमाडौं- नेकपाका प्रभावशाली नेता गोकर्ण विष्टले विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक करार गरेपछि उनले सबैलाई संयमित हुन र परिपक्क निर्णय गर्न आग्रह गरेका हुन् ।

पूवमन्त्री समेत रहेका नेता विष्टले सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले विगतबाट पाठ सिकेर अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध गरेका हुन्।

उनले ट्विट गरेका छन्, ‘सम्मानित अदालतको फैसलापछिको राजनीतिक परिस्थितिलाई देश, जनता र लोकतन्त्रको हितमा केन्द्रित गर्न विगतबाट पाठ सिक्दै संयमित एवं परिपक्व निर्णयका साथ अगाडि बढौं।’