ईश्वर पोखरेलले भने- सर्वोच्‍चको निर्णयलाई सम्मान गर्न सकिन्‍न - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ईश्वर पोखरेलले भने- सर्वोच्‍चको निर्णयलाई सम्मान गर्न सकिन्‍न



काठमाडौँ- सरकारका उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्‍वर पोखरेलले प्रतिनिधि सभा पुन:स्थापना सम्बन्धी सर्वोच्‍च अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका छन् । प्रतिनिधि सभा पुन:स्थापना हुने सर्वोच्‍च अदालतको निर्णयपछि मध्यराति १२:०८ ट्‍वीट गर्दै निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका हुन् ।

ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको उनले उल्लेख गरेका छन् । त्‍यस्तै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने दाबी गरेका छन् ।

‘सरकार सञ्‍चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ’ पोखरेलले ट्‍वीट गरेका छन् ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने छ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्‍न ।’