प्रधानमन्त्री ओलीले डाके पार्टी स्थायी समिति बैठक
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षको स्थायी कमिटी बैथक डाकेका छन् ।
विभाजित नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।
ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना मात्र स्थायी समिति सदस्यहरु छन् ।
प्रधानमन्त्री ओली अब के गर्ने भन्ने परामर्शमा जुटेका छन् ।