विष्णु रिमाल भन्छन: सर्वोच्चको फैसलाले समस्याको हल हुँदैन
काठमाडौं- प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाले राजनीतिक समस्या हल नगर्ने बताएका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी अोलीले विघटन गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई मंगलबार सर्वोच्च अदालतले उल्टाएपछि प्रतिक्रिया दिँदै रिमालले यस्तो बताएका हुन् । रिमालले सर्वोच्च अदालतको फैसलालाई सबैले मान्नुपर्ने प्रष्ट पारेका छन् ।
‘प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नु पर्छ’, रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’