प्रचण्ड र देउवाबीच फोनबाटै बधाई साटासाट: बुधबार भेट्ने तय - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्रचण्ड र देउवाबीच फोनबाटै बधाई साटासाट: बुधबार भेट्ने तय



काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोनवार्ता भएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै भएको फोनवार्तामा संसद पुनर्स्थापनाको खुसी साटासाट गरेका थिए ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णय बदर गरेपछि अबको निकासका लागि दुवै नेताबीच बुधबार थप छलफल हुने भएको छ।

मंगलबार साँझ सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णय बदर गरेको छ। यससँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ भने १३ दिनभित्रै संसद् अधिवेशन शुरु हुने भएको छ।

सर्वोच्चको फैसला आएलगत्तै मंगलबार राति प्रचण्ड र देउवाबीच फोनवार्ता भएको हो। वार्तामा दुवै नेताले बधाई साँटासाँट गरेका छन्।

अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच सर्वोच्चको फैसलापछिको राजनीतिक परिदृश्यका विषयमा पनि कुराकानी भएको छ। उनीहरुले समसायिक विषयमा कुराकानी गरेको उच्च स्रोतले बतायो।

दुवै नेताले अब मिलेर अगाडि बढ्नुपर्ने विषयमा जोड दिएका छन्। यससम्बन्धी सामान्य कुराकानी भएको जनाएको छ।

सर्वोच्चको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बुधबार भेटघाट गर्ने भएका छन्। दुवै नेताबीच छलफल गर्ने समय तय भएको उच्च स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसको विरोधमा नेकपा (प्रचण्ड नेपाल) समूह र कांग्रेस आन्दोलनमा गर्दै आइरहेका थिए।