शंकर पोखरेल भन्छन: हिम्मत र धैर्यताका साथ अघि बढौं - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

शंकर पोखरेल भन्छन: हिम्मत र धैर्यताका साथ अघि बढौं



काठमाडौं- लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट राजनीतिक अस्थिरताको खेल शुरु भएको टिप्पणी गरेका छन्।

अदालतको फैसलाप्रति सामाजिक संजालमा टिप्पणी गर्दै पोखरेलले अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि गर्ने बताएका हुन्।

केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रभावशाली नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले सामाजिक संजालमा लेखेका छन्,‘सर्वोच्चको फैसलाबाट शुरु हुने अस्थिरताको खेलले प्रधानमनत्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यताका साथ अघि बढौं।’