रवि लामिछानेले ल्याए नेपालकै पहिलो 'फोरके' टेलिभिजन च्यानल - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

रवि लामिछानेले ल्याए नेपालकै पहिलो ‘फोरके’ टेलिभिजन च्यानल



काठमाडौं– लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन ल्याउने घोषणा गरेका छन् । उनले नेपालकै पहिलो फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।

समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ ।