महान्यायाधिवक्ता खरेलले लगाए आफूमाथि षड्यन्त्र भएको आरोप - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

महान्यायाधिवक्ता खरेलले लगाए आफूमाथि षड्यन्त्र भएको आरोप



काठमाडौं- मंगलबार बिहानैबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएको हल्ला चलिरहेको बेला खरेलले भने आफूले राजिनामा नदिएको बताएका छन् ।

उनले आफूमाथि षड्यन्त्र गर्न खोजेको आरोप लगाउँदै राजिनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन्।

सर्वोच्च अदालतको फैसला हुने दिन नजिकिँदै जाँदा षड्यन्त्र गर्न खोजेको उनको भनाइ छ।

उनले भने, “पदबाट राजीनामा गरेको छैन। पदबाट राजीनामा गर्नुपर्ने परिस्थिति छैन। राजीनामा गर्नुपर्ने कारण पनि छैन।”

सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा समेत महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएको चर्चापछि उनले सो प्रतिक्रिया दिएका हुन् ।