संसद विघटनविरुद्ध मुद्दाको फैसला हुँदै
काठमाडौँ – संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस सकिएपछि संवैधानिक इजलास यसको फैसलाको तयारीमा लागेको छ ।
सर्वसाधारणले ब्यघ्र प्रतीक्षा गरिरहेको यो मुद्दामा शुक्रबार बहस सकिएको थियो । त्यसपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो । सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् ।
उनले शुक्रबार भनेका थिए, ‘३२–३३ दिन बहस भयो। बहसको फैसला तोकिएको छैन। तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्छ।’
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रित भएर बहस सुन्दै आएको थियो।
रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने त्यसपछि एमिकस क्युरीले बसह गर्दै आएका थिए।