जनताले न्यायाधीशहरुको विवेक र साहस परीक्षण गर्दैछन: गगन थापा - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

जनताले न्यायाधीशहरुको विवेक र साहस परीक्षण गर्दैछन: गगन थापा



काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली एउटा टोले गुण्डामा सिमित भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीका पछिल्ला क्रियाकलाप हेर्दा उनी सम्माननीय प्रधानमन्त्री हुन् कि टोले गुण्डा भनेर छुट्टयाउन नसकेको थापाले बताए ।

ओलीले पछिल्लो समय न्यायलय र निर्वाचन आयोगलाई धम्क्याएको भन्दै उनले टोले गुण्डाको संज्ञा दिएका छन् । हुप्सेकोट गाउँपालिका नवलपरासी कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापा ओलीप्रति आक्रोशित बनेका थिए ।

थापाले शनिबार नेकपा ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको बताए । उनले ओलीले धम्क्याएपनि अदालत त्यस्तो धम्कीको प्रभावमा नपर्ने बताए ।

‘प्रधानमन्त्रीले विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नुभयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’ उनले प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायलयले विवेक पुर्‍याउनेमा विश्‍वास रहेको पनि बताए ।

‘श्रीमान् तपाईंहरु प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ छैन भनेर परीक्षण गरिरहनु भएको तर आम जनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छ्न्’