प्रधानमन्त्री ओलीका कदम निरंकुश पुष्टि हुने चार आधार - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

प्रधानमन्त्री ओलीका कदम निरंकुश पुष्टि हुने चार आधार



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बनेको आरोप लागिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ओली निरंकुश बनेका आधार प्रस्तुत गरेका छन् ।

उनले ओलीका पछिल्ला कदम निरंकुशतातर्फ उन्मुख रहेको पुष्टि भएको बताएका छन् ।

शनिबार ट्वीट गर्दै उनले चारवटा आधार प्रस्तुत गरेका छन् । जसबाट प्रधानमन्त्री ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लिन रहेको पुष्टि हुने उनको भनाइ छ ।

स्थायी कमिटी सदस्य रावलले ट्वीटमा लेखेका छन्, ‘‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधीकरण गर्नु र आफैँ कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नम्बर–२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश, स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लिन रहेको पुष्टि हुन्छ ।’’