वार्ताका लागि विप्लवले देखाए चासो - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

वार्ताका लागि विप्लवले देखाए चासो



काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको धारणा सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गर्दै आफूहरू सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् ।

‘हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।

यसको प्रकृयामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदैछौं विज्ञप्तिमा उल्लेख गरिएको छ ।