संविधान कोमामा जाँदैन, जनतालाई कोमामा पठाउन खोजियो: एमिकस क्युरी सदस्य पाठक - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

संविधान कोमामा जाँदैन, जनतालाई कोमामा पठाउन खोजियो: एमिकस क्युरी सदस्य पाठक



काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजालासमा एमिकस क्यूरीका रुपमा बहस गरेकी वरिष्ठ अधिवक्ता गीता पाठकले संविधान कोमामा नरहेको तर्क गरेकी छन् ।

सरकारी वकिल टेकबहादुर घिमिरेलाई जवाफ दिँदै वरिष्ठ अधिवक्ता घिमिरेले संविधान कहिल्यै पनि कोमामा नहुने बताइन् । उनले भनिन्, ‘संविधान कहिल्यै पनि बिरामी हुँदैन, कहिल्यै पनि कोमामा हुँदैन, यदि कोही कोमामा छ भने हामीहरु छौं ।’

सरकारको पक्षबाट बहस गरेको अधिवक्ता टेकबहादुर घिमिरेले केहिदिन अघि संविधान बिरामी रहेको उल्लेख गर्दै कोमामा रहेको बताएका थिए ।

प्रतिनिसभा विघटनविरुद्धको बहस प्रधानन्यायाधीश चोलेन्द्रशमरेर जबरा सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासमा जारी छ ।

रिट निवेदनक र विपक्षीको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस जारी छ । एमिकस क्यूरीको बहस शुक्रबार सकिएसँगै अदालतले केही दिनमा यसबारे फैसला गर्नेछ ।