गुल्मीमा जीप दुर्घटना: तीनको मृत्यु, छ जना घाइते
काठमाडौं- गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, ६ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । फाइल तस्विर