कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० मा गर्ने प्रस्ताव - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

कांग्रेसको महाधिवेशन भदौ ७ देखि १० मा गर्ने प्रस्ताव



काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौमा गर्ने प्रस्ताव पेश भएको छ।

भर्खर मात्र सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापनि शेरबहादुर देउवाले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक सुरु भएको हो।

पौडेल पक्षका केन्द्रीय सदस्य नविन्द्रराज जोशीका अनुसार महाधिवेशनको मिति प्रस्तात भएपनि आजै निर्णय नहुने जानकारी दिए। पौडेल पक्षले भने जेठमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ।

यसअघि फागुन ७ गतेदेखि हुने गरी महाधिवेशनको मिति तोकिए पनि कोरोना महामारीका कारण गर्न नसकिएको कांग्रेसले जनाएको छ।