ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा चार घाइते - Himal Post Himal Post
  • १३ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 25 2026
Logo

ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा चार घाइते



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थीबीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप हुँदा चार जना घाइते भएका छन्।

मंगलबार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका हुन्। उनीहरुले क्याम्पस प्रांगणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरुले बताए।

ओली समूह र प्रचण्ड–नेपाल समूहबीच सरस्वती पूजाको विषयलाइ लिएर विवाद भएपछि प्रचण्ड–नेपाल समूह समर्थक चार जना विद्यार्थी घाइते भएका हुन्।

आरआर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का एक जना पूर्व अध्यक्षकाअनुसार प्रचण्ड–नेपाल समूह समर्थक दीलिप खड्का, विशाल रिजाल र दिपक बस्नेत घाइते भएका छन्। अहिले उनीहरुको उपचार भइरहेको छ।

आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी गरेका थिए। उजुरीपछि प्रहरी क्याम्पस पुगेर सीसीटीभी फुटेज मागे पनि क्याम्पसले उपलब्ध गराएको छैन।

प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरुले कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएका छन्।