कांग्रेसको पौडेल समूह पनि 'ब्याक' - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

कांग्रेसको पौडेल समूह पनि ‘ब्याक’



काठमाडौं- सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न र दवाव बढाउन गरिएको तयारीबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पनि ब्याक भएको छ ।

देउवालाई दवाव दिन र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा कांग्रेसभित्र समर्थन जुटाउन बुधबारका लागि बोलाएको जिल्ला सभापतिहरुको भेला स्थगित गरिएको छ।

वरिष्ठ नेता पौडेल समूहले बैठक बोलाएकै दिन सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको बैठक डाकेपछि भेला स्थगित गरिएको बताइएको छ ।

केन्द्रीय समिति बैठकमा पार्टी महाधिवेशन, सबै समितिको म्याद थप र प्रतिनिधिसभा विघटन विरुद्धका आगामी कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ।

जिल्ला सभापतिहरूको भेला बोलाइएकै दिन केन्द्रीय कार्य समिति बैठक डाकिएकाले र जिल्ला सभापतिहरू क्रियाशील सदस्यता वितरण र नविकरणमा व्यस्त भएकाले भेला स्थगित गर्नुपरेको एक नेताले बताए ।