थप आन्दोलन तय गर्न कांग्रेसले बोलायो कार्यसमिति बैठक
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बुधबारका लागि बोलाइएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै फागुन ५ गते बुधबार दिनको २ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा विघटनविरुद्धको जारी आन्दोलन र आगामी योजना लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।