माधव नेपालविरुद्धको मुद्दा सुनुवाइका लागि पेसी तोकियो - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

माधव नेपालविरुद्धको मुद्दा सुनुवाइका लागि पेसी तोकियो



काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरिद्धको मुद्दामा पेसी तोकिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको हो ।

बालुवाटार जग्गा प्रकरणमा नेपालको सलग्नता रहेपनि अनुसन्धान गरी मुद्धा चलाउने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत बिपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सो मुद्धाको सुनुवाईका लागि पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई बिपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालिन प्रधानमनत्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।