निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी
काठमाडौँ- निर्वाचन आयोगले चुनावको आचारसंहिता ल्याउने तयारी गरेको छ ।
चुनावी आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ ।
बैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले आचारसंहितामाथि दलका नेताहरुसँग छलफल गर्न लागेको हो ।
बिहान ११ बजे निर्वाचन आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरुलाई बोलाइएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने आयोगको भनाई छ ।
तर सत्तारुढ नेकपाको आधिकारिक विवाद टुंग्याउन नसकेको भन्दै निर्वाचन आयोग आलोचित छ ।
निर्वाचन आयोगका अनुसार आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुङ्गो लगाउने तयारी भैरहेको छ ।
नेकपाको आधिकारिकता विवादबारे आयोगले अध्ययन गरिरहेको बताइएको छ ।