प्रधानमन्त्री केपी ओली बुटवलमा
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज नेकपा लुम्बिनी प्रदेशको जनसभालाई सम्बोधन गर्न बुटवल जाँदै छन् ।
नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार दिउँसो बुटवल जान लागेका हुन् ।
बुटवलमा ओली समूहको नेकपाले लाखौ जनता सडकमा उतार्ने दाबी गरेको छ । जनसभालाई प्रधानमन्त्री ओलीसहितका विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि दाहाल नेपाल समूहको नेकपाले पनि बुटवलमा शक्ति प्रदर्शन गरेको थियो ।