रामकुमारीलाई पक्राउ गर्न निवासमै पुग्यो प्रहरी - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

रामकुमारीलाई पक्राउ गर्न निवासमै पुग्यो प्रहरी



काठमाडौं- नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको छ।

उनलाई पक्राउ गर्न प्रहरी बिहीबार बिहान शंखमुलस्थित उनको निवास पुगेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेको आरोपमा झाँक्रीलाई प्रहरीले सोधपुछको लागि बोलाएको थियो ।

झाँक्रीले केहि दिनपहिले गोर्खामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन्।

एक प्रहरी अधिकृतका अनुसार राष्ट्रपतिविरुद्ध बोल्दिन भनी कागज गराएर छाड्ने तयारी गरिएको छ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले उनीविरुद्ध लिखित उजुरी नपरेको बताए।

प्रहरीले अहिले त्यहाँको माहोल हेरेर कदम चाल्ने तयारी गरेको एक प्रहरीले जनाए।

उनले राष्ट्रपति भण्डारीलाई सो पदमा रहेर राजनीति नगर्न र सक्रिय राजनीति गर्ने भए सो पद, सुविधा र अधिकार त्यागेर कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गरेकी थिइन्।