ऋषि धमलासँग 'फायर' भए नारायणकाजी - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

ऋषि धमलासँग ‘फायर’ भए नारायणकाजी



काठमाडौँ- सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको जनसभामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पत्रकार ऋषि धमलामाथि खनिएका छन् ।

शक्ति प्रदर्शन सभामा आफूले बोलिरहँदा दर्शकदीर्घामा रहेका पत्रकार ऋषी धमलाले छुट्टै कार्यक्रम चलाएको भन्दै नारायणकाजी मंचबाटै फायर भएका थिए । उनले पत्रकार धमलाको नाम नै किटेर झोक्किएका थिए।

बोलिरहँदा अगाडि ऋषी धमलाले कार्यक्रम गरिरहेको देखेपछि उनले मन्चबाटै भने, ‘पत्रकार साथीहरु हामी यहाँ सभा सन्चालन गरिरहेका छौँ। तपाईहरु त्यहाँ चुप लागिदिनुस्। सुन्नु भो? ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुस्। तपाई चुप लाग्नुस्।’