कुलमान घिसिङको ठाउँमा प्रधानमन्त्री ओलीका सालाले पाए अवसर - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

कुलमान घिसिङको ठाउँमा प्रधानमन्त्री ओलीका सालाले पाए अवसर



काठमाडौं- विद्युत प्राधिकरणमा क्रान्तिकारी सुधार गरेर बाहिरिएका कुलमान घिसिङको स्थानमा सरकारले नेपाल हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियाे।

लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने भन्दै नागरिकले सडक आन्दाेलन नै गरेका थिए।

तर सरकारले भने कानुनी अड्चन देखाएर घिसिङलाई पुनर्नियुक्ति दिएको थिएन । प्रतिनिधि सभा विघटन भएपछि ऊर्जामन्त्रीबाट राजीनामा दिएका नेकपा नेता वर्षमान पुनले पनि जनताको आवाजअनुसार घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउने गरेका छन्।

कार्यकाल पूरा भएपछि घिसिङ गत भदौ २८ गते प्राधिकरणको निर्देशक पदबाट बाहिरिएका थिए। त्यसपछि लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रधानमन्त्री ओलीका साला नाता पर्ने हितेन्द्रदेव शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो।

उनै शाक्यलाई अहिले सरकारले कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।