महन्थ ठाकुर र यादव एकाएक दिल्ली पुगे
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
नेपालमा राजनितीक अस्थिरता चलिरहेका बेला उनीहरू भारत जानुलाई अर्थपुर्ण नजरले हेरिएको छ ।
जसपाले नियमित उपचारका लागि अध्यक्ष ठाकुर नयाँदिल्ली गएको बताएपनि कतिपयले उनीहरूको भ्रमणलाई नेपालको पछिल्लो राजनीतिसँग जोडेर हेरेका छन् ।
ठाकुर नियमित उपचारका लागि भारत गएको जसपाका एक नेताले बताएका छन् । लकडाउनका कारण लामो समयदेखी नियमित उपचार गराउन नपाएकाले उनी भारत गएको समेत ती नेताले बताए ।
स्रोतका अनुसार ठाकुर र यादवलाई पार्टीले राजनितिक भेटघाटका लागि पठाएको हो ।
भारतपरस्त राजनिती गर्दै आएको आरोप लागेको जसपाका नेता ठाकुर नेपालमा राजनीतिक उथलपुथल हुँदा भारत गएको र यो बिस्तारै खुल्दै जाने केही नेताले विश्लेषण गरेका छन ।