प्रधानमन्त्री पत्नीलाई दिइएको उपाधि विवादमा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रधानमन्त्री पत्नीलाई दिइएको उपाधि विवादमा



काठमाडौं- नेकपाकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई दिइएको उपाधिमाथि आपत्ती जनाएकी छन् ।

उनले नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको भन्दै शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने बताएकि छन् ।

उनले नेपालको संविधानले कसैका श्रीमतीलाई प्रथम र बाँकी महिलाहरु दोस्रो नबनाएको बताउँदै शाक्यलाई दिइएको उपाधिमाथि आपत्ती जनाईन।

शनिवार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा शाक्यलाई ‘प्रथम महिला’को रुपमा बोलाइएको थियो । त्यसैप्रति कटाक्ष गर्दै भुसालले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैं निर्माण गर्ने भन्दै महिलालाई दास बनाउने सामन्ती पितृसत्ता मूर्दावाद भनेकी छन् ।